• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। विराटनगरका लागि बसिर अहमदले ३७, लोकेश बमले ३३ तथा अविजित इसुरु उडानाले २५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो। पोखराका युवराज सम्राले ८४ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। यस जितसँगै विराटनगरको प्लेअफ सम्भावना जीवित रहेको छ भने पोखरा प्रतियोगिताबाट बाहिरिएको छ। विराटनगरले ६ खेलमा तीन जित र तीन हार बेहोरेको छ

प्रतिकृया दिनुहोस

एनपीएलमा आज , चितवन र काठमाडौं

 नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने

मैदानमा महिला पत्रकार: जेसीज सप्ताहको समापनमा रेडियो टोलीको फराकिलो जित

  भरतपुर, साउन ,२१ । नारायणगढ लेडी जेसीजले आयोजना गरेको 'जेसीज सप्ताह '२०२६' अन्तर्गत बुधबार चितवनका महिला पत्रकारहरू मैदानमा उत्रिएका

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग हारेसँगै नेपाल सबै चार खेलमा पराजित

काठमाडौँ :  विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सबै चार खेलमा हार भोगेको छ। बुधबार भएको जारी सिरिजको अन्तिम खेलमा